एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

काठमाडाैं। नेकपा (एमाले) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बस्ने भनिएको बैठक स्थगन भएको हो । स्थगन गरिएको बैठक कहिले बस्ने भनी तोकिएको छैन ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी दिएका छन् । उनका अनुसार बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगन गरिएको हो ।

उनले भनेका छन्, ‘एमाले स्थायी कमिटीको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ।’

यसअघि बुधबार पनि बैठक सारिएको थियो। त्यसअघि एमाले स्थायी कमिटी बैठक मंगलबार बसेको थियो। मंगलबारको बैठकले माधव नेपाल लगायतका केही नेताहरु पार्टीमा नफर्किने निष्कर्ष निकालेको थियो।

दुई पटक स्थगित भई मंगलबारमात्र बैठक बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *