कास्कीमा माधव समूह रित्तिदै, सिंगो टीम नै फर्कियो एमालेमा

पोखरा । स्थानीत हतको निर्वाचनको संघारमा कास्कीमा सयौँको संख्यामा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत) समाजवादी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

सत्ता र शक्तिका लागि कम्युनिष्ट विचारलाई कुल्चिएर कांग्रेसलगायत दलहरुसँग चुनावी तालमेल गरेकोमा असन्तुष्टि व्यक्त गर्दै कास्कीबाट पर्यटन ब्यबसायी तथा जिल्लाका चर्चित नेता क्षेत्रबहादुर गुरुङ सिंगो टीमसहित एमालेमै फर्किएका छन् ।

गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी इञ्चार्ज पदमा अर्याल, गण्डकी एमाले अध्यक्ष नवराज शर्मासहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

गुरुङसँगै सुकबहादुर परियार, शम्शेरबहादुर मौरति, राजकुमार मौरती, सन्तबहादुर बिक, बिशाल परियार, भीमबहादुर गुरुङ, बीरबहादुर गुरुङ, रामजी सनिया, होमबहादुर परियारलगायत दर्जन बढी नेता–कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

उनीहरुले माधव नेपालले मुलुकको हित भन्दा पनि अहित धेरै गर्ने खालको निर्णय गरेको भन्दै एमालेमा आएको बताए ।

निर्वाचनमा हामी बहुमत ल्याउँछौँः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

देशभर एमालेको संगठन बलियो बनेकाले एमालेले बहुमत ल्याउने ओलीको भनाइ छ । ‘अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौ । ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौ । तर परिणाम राम्रो ल्याएका थियौ’,

अध्यक्ष ओलीले भने, ‘यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् । पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’

कार्यकर्ताहरुलाई आत्मविश्वासका साथ अघि बढ्न हौसला दिँदै अध्यक्ष ओलीले गठबन्धनले एकातिरबाट घेरे पनि सफल नहुने बताए ।

Leave a Reply

Your email address will not be published.