केकी अधिकारीले प्रेमी रोहितसँग गरिन् विवाह (फाेटाेफिचर)

काठमाडौं ।  नायिका केकी अधिकारीले कसेकी छन् । वुधबार अधिकारीले आफ्ना प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् ।

उनीहरुले आफ्ना सिमित आफन्तहरुका बीच विवाह गरेका हुन् । काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा बिहीबार उनले विवाह गरेकी हुन् ।

फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको माया, सद्भाव र समर्थनप्रति हार्दिक आभारी छु ।

कलाकारका रुपमा मेरा हरेक उतार चढावको साक्षी बन्नु भएकोमा मेरा प्रिय दर्शकसँग मेरो विवाहको शुभ समाचार बाँढ्न पाउँदा अत्यन्तै हर्षित छु ।

जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहार स्वरुप यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौं । यहाँहरुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौं ।’

निकै गोप्य रुपमा केकी र रोहितले बुधबार मेहेन्दी उत्सव गरेका थिए । एक वर्षदेखिको प्रेमलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् ।

बुधबार नै उनीहरुबीच बिहे भएको हल्ला चलेको थियो । तर हल्लालाई गलत प्रमाणित गर्दै उनीहरुले मेहेन्दीको तस्वीर सार्वजनिक गरेका थिए ।

केकी फिल्म र टेलिभिजन रियालिटी शोहरुमा व्यस्त छिन् भने रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

तस्वीर : तौवा इभेन्ट्स

Leave a Reply

Your email address will not be published.