यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा

गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाएका छन् ।

त्यस्तै घोषणापत्रमा कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक उर्जा, औद्योगीकरण, आर्थिक बृद्धि, रोजगारी, जेष्ठ नागरिक, बालबालिका, विकास र वातावरणको सन्तुलन, मेलमिलाप लगायतलाई

जोड दिएको वरिष्ठ नेता पोखरेलले जानकारी दिए । त्यस्तै उनले एमालेको नेतृत्व रहेका पालिकाहरु सुशासनका नमुना बन्ने भन्दै भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउन अग्रणी भूमिका खेल्ने बताए ।

मुलुकको अग्रगतिमा बाधक बनेको वर्तमान सत्ता गठबन्धन यसको बहिर्गमन अनिवार्य भएको एमालेको घोषणापत्रको निष्कर्षमा भनिएको छ ।

यस्तो छ एमालेको घोषणापत्र

Leave a Reply

Your email address will not be published.