नेपालमा काेराेना : पाँच हजार ८२५ थपिए, पाँच हजार ९०४ कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका पाँच हजार ८२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले चौबीस घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ ।

मन्त्रालयले चौबीस घण्टामा ७५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ६३० जनाले ज्यान गुमाउन पुगेका छन् । हाल ८३१ जना क्वारेन्टिनमा छन् ।

उपत्यकामा एकै दिन थपिए दुई हजार संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी संक्रमित थपिएका छन्। यो हिजोको भन्दा ६ सय बढी हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ५७ जनामा संक्रमण पुष्टि भएको हो। बुधबार एक हजार ४५६ जनामा संक्रमण देखिएको थियो।

आज काठमाडौंमा एक हजार ६३०, ललितपुरमा २९८ र भक्तपुरमा १२९ जनामा संक्रमण देखिएको छ। बुधबार काठमाडौंमा ९६९, ललितपुरमा ३०६ र भक्तपुरमा १८१ जनामा संक्रमण देखिएको थियो।

आज सबैभन्दा बढी बागमती प्रदेशमा तीन हजार १०८ जनामा संक्रमण देखिएको छ। बागमतीमा सात हजार ९८४ जनाको स्वाब परीक्षण गरिएको छ।

त्यस्तै, गण्डकीमा चार हजार ८१२ जनाको स्वाब परीक्षण गर्दा एक हजार २३४ जनामा संक्रमण देखिएको छ। यसैगरी प्रदेश १ मा ५५६, प्रदेश २ मा २९५, लुम्बिनीमा ३२३, कर्णालीमा १५१ र सुदूरपश्चिममा १५८ जनामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *