काठमाडौंमा एमाले उम्मेदवार : मेयर ‘हेबिवेट’ केशव स्थापित, उपमेयर नयाँ पुस्ताकी प्रतिनिधि सुनिता

काठमाडाैं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने भएको छ। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। स्थापित अहिले बागमती प्रदेश सांसद छन्। उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।

त्यस्तै, एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

यस्तै ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार, उपमेयरमा मञ्जली शाक्य, पोखराको मेयरमा दिपक पौडेल , उपमेयरमा मञ्जुदेवी गुरुङ,

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सराबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सराबगी २०७४ को चुनावमा पनि मेयर निर्वाचित भएका थिए।

बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार भने टुंगो लागीसकेको छैन्। यस्तै, बैठकले उपमहानगरपालिकाहरुको पनि उम्मेदवार टुंगो लगाएको छ।

धनगढीको मेयरमा रणबहादुर चन्द, उपमेयरमा कन्दकला राना थारु, नेपालगञ्जको मेयरमा पशुपतिदयाल मिश्र, उपमेयरमा शान्तिदेवी ढकाल,

तुलसीपुरको मेयरमा टिकाराम खड्का, उपमेयरमा स्यानी चौधरी, घोराहीको मेयरमा नरुलाल चौधरी, उपमेयरमा हुमा डिसी र बुटवलको मेयरमा बाबुराम खड्का, उपमेयरमा साबित्रादेवी अर्यालले उम्मेदवारी दिने भएका छन्।

यसैगरी हेटौंडाको मेयरमा अनन्त पौडेल, उपमेयरमा सुमित्रा काफ्ले, धरानको मेयरमा मञ्जु भण्डारी, उपमेयर पदम लिम्बु,

इटहरीको मेयरमा यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी र कलैयाको मेयरमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ।

Leave a Reply

Your email address will not be published.