एमालेले काठमाडाैंकाे उपमेयर उम्मेदवार बनाएकाे सुनिता डंगाेल काे हुन् ?

काठमाडाैं । काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयर पदमा उठाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको उम्मेदवार घोषणा गरेको हो ।

एमालेले मेयरमा २०७४ मा कायम गरेको जितलाई बचाउन पनि हेबिवेट मानिएका केशव स्थापितलाई टिकट दिएको हो। मेयरमा उठ्ने भन्दै डंगोलले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन्।

काे हुन् सुनिता डंगाेल

दशकअघि मिस नेवा:को ताज पहिरिएकी सुनिता डंगोल राजनीतिमा नयाँ अनुहार हुन्। स्वतन्त्र रुपमा मेयरमै दाबेदारी गरिरहेकी उनलाई एमालेले उपमेयरको टिकट दिएको हो। ३१ वर्षीया सुनिताको परिवारिक पृष्ठभूमि एमाले नै हो।

सामाजिक विज्ञानमा स्नातकोत्तर उनी विभिन्न सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धनमा व्यस्त थिइन। उनी रञ्जना लिपि प्रवर्द्धनकी अभियान्ता पनि हुन्। देश विदेशका विभिन्न ठाउँमा गएर उनले कार्यशाला गोष्ठी गरेकी छन्।

सांस्कृतिक अभियन्ताका रुपमा नेपाल चिनाउन जुटेकी उनले शहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरेकी छन्।

काठमाडौंको लगन टोल निवासी सुनिता सम्पदा बचाऊ अभियानमा सक्रिय छिन्।  केही समय अघिसम्म उनी नेपाल टेलिभिजनमा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्।

२०७६ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा राष्ट्रियसभामा भएको कार्यक्रममा उनी उद्घोषक समेत थिइन्।

राजनीतिक रूपमा बाहिर भए पनि एमाले समर्थक भएको, सेलिब्रेटी अनि महिला भएकाले उनलाई टिकट दिइएको श्रोतले बताएको छ। यद्यपि एमालेको महानगर कमिटी भने सुनितालाई उमेदवार बनाउने निर्णयसँग सन्तुष्ट छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *