काठमाडौँको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले भोट माग्दै के भनिन् ?

काठमाडौँ। नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले एमालेका सबै उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन आग्रह गरेकी छन् ।

उनले आइतबार एक वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेकी हुन् । उनले आफूलाई उपमेयरको पदमा एमालेले विश्वास गरेकामा खुशी व्यक्त गरिन् । एमालेले आफूलाई टिकट दिन आम युवा पुस्ताका लागि उपहार भएको डंगोलले वक्तव्यमा उल्लेख गरेकी छन् ।

उनले आफूलाई जनताले गरेको विश्वास र भरोसामा कुठाराघात नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । त्यस्तै, उनले सबैको शीर झुक्न नदिने पनि प्रतिवद्धता जनाएकी छन् ।

यस्तो छ उनको वक्तव्य:

कांग्रेसले संसदीय समिति बनायो, उम्मेदवार छनोटको अधिकार भने देउवालाई

नेपाली कांग्रेसले संसदीय समिति बनाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई राखेर संसदीय समिति बनाएको हो ।

कांग्रेसको विधानअनुसार पार्टी सभापति स्वतः संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको महामन्त्री हुनेछन् ।

कार्यसमितिका पदाधिकारीहरु पदेन सदस्य हुनेछन् भने सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले सदस्यमध्ये बढीमा ११ जना सदस्य तोक्न सक्नेछन् ।

तर देउवाले आइतबार वरिष्ठ नेता पौडेलको नाम मात्र प्रस्ताव गरेका छन् । आफूसँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालालाई समेत राख्न चाहेनन् ।

नेताहरुका अनुसार उनलाई संसदीय समितिमा ल्याउने सहमति भएपनि अरु सदस्यबारे सहमति जुट्न नसक्दा लामो संसदीय समिति गठनमा अलमल चल्दै आएको थियो ।

आइतबार नै समितिको पहिलो बैठक बसेको छ, जसले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार सभापतिलाई दिएको छ ।

संसदीय समितिको निर्णयलाई आइतबार नै बसेको कार्यसम्पादन समितिको दोस्रो बैठकले अनुमोदन गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.