एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार, पौडेलको टिकट खोसेर दियाे थापालाई

पाेखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार फेरेको छ । यसअघि मेयर उम्मेदवार सिफारिस दीपक पौडेलको ठाउँमा प्रदेश सांसद कृष्ण थापालाई टिकट दिने एमालेले निर्णय गरेको हो ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निर्णयमा हावी हुँदै पौडललाई उम्मेदवार बनाइएको भन्दै एमाले संगठन विभाग प्रमुख रहेका नेता खगराज अधिकारी पक्ष पोखरामा असन्तुष्ट थियो ।

पौडेल उम्मेदवारी दर्ताअघि नै विवादित बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ उम्मेदवार परिवर्तन गर्न परामर्श गरेका एमाले नेताहरुले जानकारी दिए ।

पार्टी नेतृत्वले मेयर उम्मेदवार कृष्ण थापालाई दिएको एमाले पोखरा महानगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

एमालेले टिकट दिएका थापा गण्डकी प्रदेशका सांसद हुन् भने २०५४ को निर्वाचनबाट पोखराका निर्वाचित मेयर हुन् । यस अगाडि एमालेले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेको थियो ।

त्यसलाई उल्ट्याउँदै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णबाट पछि हट्दै थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विराटनगरको मेयरमा एमालेले सागर थापालाई उम्मेदवार बनाउने

नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार सागर थापालाई बनाउने निर्णय गरेको छ । एमाले विराटनगर महानगरका अध्यक्षसमेत रहेका थापालाई मेयरमा उठाउने निर्णय भएको एमाले नेता हिक्मत कार्कीले जानकारी दिए ।

यस्तै उपप्रमुखमा भने शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । उनी एमाले नगर समितिका उपाध्यक्ष हुन् ।

विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए ।

 

 

Leave a Reply

Your email address will not be published.