एमालेबाट काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले मनोनयन दर्ता गराएका छन् ।

सोमबार काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्थापित र डंगोलले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि उनीहरु ठूलो संख्यामा नेता कार्यकर्ताका साथ राष्ट्रिय सभागृह पुगेका थिए ।

प्रदेश सांसदसमेत रहेका स्थापित २०५४ मा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । यस्तै उपमेयरकी उम्मेदवार डंगोल सन् २०११ की मिस नेवा हुन् । डंगोलले यसअघि स्वतन्त्र रूपमा मेयरमा उठ्ने घोषणा गर्दै प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेकी थिइन् ।

यी हुन् तीन महानगर प्रमुखमा कांग्रेस उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले

काठमाडौंको मेयरमा सिर्जना सिंह, ललितपुरको मेयरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर्जन हाल ललितपुर महानगरपालिकाका मेयर छन् ।

सिंह नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । कोइराला शेखर कोइराला निकट मानिन्छन् । गठबन्धनका तर्फबाट भागबन्डा गर्दा

काठमाडौं, ललितपुर र विराटनरको मेयर उम्मेदवार बनाउने जिम्मा कांग्रेसले पाएको थियो । काठमाडौंमा नेकपा एमालेले केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.