हेटौंडा उपमहानगरमा एमालेले गर्‍याे उम्मेदवारी दर्ता

हेटौंडा । स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । निर्वाचन कार्य तालिकाअनुसार एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

हेटौंडा उपमहानगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेको हो । एमालेबाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपमहानगरका १९ वटै वडाअध्यक्ष र वडा सदस्यहरुको उम्म्मेदवारी दर्ता भएको एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

हेटौंडा–५ स्थित सानोपोखरामा रहेको मदन स्मृति भवन पार्टी कार्यालयबाट बाजागाजा र झाँकीसहित एमालेका नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

गठबन्धनबाट भने हालसम्म कुनै पदमा उम्मेदवारी दर्ता गरेको छैन । गठबन्धनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा र नेपाली काँग्रेसका राजेश बानियाँ उपप्रमुखको उम्मेदवार तय भइसकेका छन् ।

लामा बर्तमान उपप्रमुख र बानियाँ हेटौंडा ५ का वडा अध्यक्ष हुन् ।

एमालेका विजय सुवेदीद्वारा भरतपुरको मेयरमा उम्मेदवारी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार पार्टी कार्यालयबाट ठूलो संख्यामा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदीले उम्मेदवारी दर्ता गराएका हुन् ।

सुवेदीले मेयरमा उम्मेदवारी दिन केही दिनअघि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । भरतपुरको उपमेयरमा एमालेले राप्रपासँग तालमेल गरेको छ। तालमेलका आधारमा राप्रपाले उपमेयरमा उम्मेदवारी दर्ता गर्नेछ ।

Leave a Reply

Your email address will not be published.