भरतपुर महानगरको मेयरमा प्रचण्डकी छाेरीले गरिन् मनोनयन दर्ता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छन् । उनी प्रचण्डकी छाेरी हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागवण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले लिने सहमति गरेका थिए ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता गराउन उम्मेदवार दाहाल

नेपाली कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले, नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार चित्रसेन अधिकारी, माओवादी केन्द्रका नेता मधु न्यौपानेसहित पुगेकी थिइन् ।

दाहाल २०७४ मा नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन् ।

भरतपुरको मेयरमा कांग्रेसका पौडेलले दर्ता गराए बागी उम्मेदवारी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनले माओवादीकी रेणु दाहाललाई उम्मेदवारी बनाउने निर्णय गरेपनि भरतपुर कांग्रेसले चर्को विरोध गर्दै आएको थियो ।

कांग्रेस नेताले भरतपुर नपाए बागी उम्मेदवारी दिने चेतावनी दिँदै आएका थिए । उनको प्रस्तावकमा कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.