चुनाव नहुँदै नेकपा एसले खाेल्याे जितकाे खाता, राना निर्विरोध निर्वाचित

डाेल्पा । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार काइके गाउँपालिकाका अरु जनप्रतिनिधिम पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ ।

डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको केन्द्रीय सदस्य बुढाले बताए ।

एमालेबाट विराटनगरमा मेयरमा थापा र उपमेयरमा कार्कीको उम्मेदवारी

विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालेका सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । सोमवार निर्वाचन अधिकृतको कार्यालयमा तामझामसहित पुगेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसँगै उपमेयरमा एमालेबाटै शिल्पा कार्कीले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । विराटनगर महानगरमा एमालेबाट केन्द्रीय नेताहरु लालबाबु पण्डित, जीवन घिमिरे, गुरु बरालसहित अन्य नेताहरुसमेत मेयरको टिकट लिने दौडमा सामेल थिए।

तर, सबैलाई उछिन्दै महानगर अध्यक्ष थापाले टिकट पाए । महानगर मेयरका उम्मेदवार थापा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई कार्यकाल स्ववियु सभापति भइसकेका नेता हुन्।

Leave a Reply

Your email address will not be published.