एमालेलाई डोल्पाबाट आयो खुशीको खबर, गाउँपालिका अध्यक्षसहित ६ वडाध्यक्ष निर्विरोध

डोल्पा । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने आज अन्तिम दिन जिल्ला भरी शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।

जिल्लाभरी मनोनयन दर्ता गर्ने क्रम कतै सकिएको छ भने कतै लाइनमा लागेकाहरुको मनोनयन भैरकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाको निर्वाचन कार्यालय साल्दाङका अनुसार शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेको तर्फबाट धावा सम्दुक गुरुङ एक जनाको मात्र मनोनयन दर्ता भएको छ ।

त्यसैगरी वडा नं. १ को वडा अध्यक्षमा जिग्मे छोइङ् नोर्वु लामा, वडा नं. ३ को वडा अध्यक्षमा पेमा ग्युर्मे गुरुङ, वडा नं. ५ को वडा अध्यक्षमा कार्मातार्के गुरुङ, वडा नं. ६ को वडा अध्यक्षमा रिन्जिन गुरुङ,

वडा नं. ७ को वडा अध्यक्षमा पेमा छिरिङ गुरुङ र वडा नं. ९ को वडा अध्यक्षमा लार्के लामा एमालेका तर्फबाट वडा अध्यक्षसहित यी सबै वडाका वडा सदस्यहरु समेतमा एमालेको तर्फबाट मात्र मनोनयन दर्ता भएको जनाइएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा र यी १, ३, ५, ६, ७ र ९ नं. वडामा वडा अध्यक्ष र सदस्यहरुमा विरोध नपरेकाले सबै पदमा निर्विरोध भएको छ । निर्विरोध भएको घोषणा भने तोकिएको समयमा हुने जनाइएको छ ।

उता जगदुल्ला गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष र सबै वडाहरुको सबै पदमा एक भन्दा बढि उम्मेद्वारहरुको मनोनयन परेको जगदुल्ला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेको विजय यात्रा सुरु, ताप्लेजुङमा वडाध्यक्षसहितको टिम निर्विरोध

ताप्लेजुङ । नेकपा (एमाले) ले विजयी यात्रा सुरु गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले पूर्वी पाहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै विजय हासिल गरेको छ ।

उम्मेदवार मनोनयनको चटारोमा दलहरु रहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलामा गाउँ भेलाले एमाले नेता छेतेन शेर्पा निर्विरोध वडाध्यक्ष बनेका हुन् ।

उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

छेतेन ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाका वडाध्यक्ष बनेका हुन् । त्यस्तै सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक निर्विरोध भएका छन् ।

गाउँले तय गरेको उम्मेदवारबाहेक गाउँमा अन्य उम्मेदवार नहुने भएपछि छेतेन निर्विरोध निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published.