उम्मेदवारी दर्ताबाट कति उठ्याे धराैटी रकम ?

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगको सोमबार साँझ साढे ८ बजेसम्मको विवरणअनुसार आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २३४३ र अध्यक्षका लागि २४९७ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, उपप्रमुखका लागि १४४५, उपाध्यक्षका लागि १७२६, वडाध्यक्षका लागि २० हजार १ सय ७६, महिला सदस्यका लागि १३ हजार ५ सय ५४ र दलित महिला सदस्यका लागि १२ हजार १ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन्।

वडा सदस्यका लागि २८ हजार २ सय ८८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।

अब हिसाव गराैँ उम्मेदवारी दर्ताबाट कति धराैटी रकम उठ्याे । निर्वाचन आयोगले अध्यक्ष, उपाध्यक्ष,  प्रमुख वा उपप्रमुखका लागि १५ सय वडा अध्यक्षका लागि एक हजार र वडा सदस्यका लागि पाँच सय रूपैँया धराैटी रकम ताेकेकाे छ ।

उक्त रकममा महिला दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिकाे हकमा ५० प्रतिशत छुटकाे व्यवस्था गरिएकाे छ । आयाेगले ताेकेकाे रकम र उम्मेदवारी दर्ताकाे विवरण अनुसार अब लाटाे हिसाब लगाउँ है त ।

प्रमुखका लागि २३४३ र अध्यक्षका लागि २४९७ जनाले मनोनयन दर्ता गराएका छन् । यसरी दुबै जाेड्दा हुन्छ ४ हजार ८ सय ४० उम्मेदवार यी उम्मेदवारले बुझाउनुपर्ने १५ सयका दरले हिसाव गर्दा हुन आउँछ ७२ लाख ६० हजार रूपैयाँ ।

यस्तै, उपप्रमुखका लागि १४४५, उपाध्यक्षका लागि १७२६ गरी ३१७१ उम्मेदवार ४७ लाख ५६ हजार ५०० रूपैयाँ जम्मा हुन्छ । अब सबैकाे हिसाव जाेड्दा हुन्छ, १ कराेड २० लाख १६ हजार ५ सय रूपैयाँ प्रमुख/उपप्रमुख वा अध्यक्ष उपाध्यक्षका उम्मेदवारबाट धराैटी रकम सङ्कलन भएकाे छ ।

वडाध्यक्षका लागि २० हजार १ सय ७६, महिला सदस्यका लागि १३ हजार ५ सय ५४ र दलित महिला सदस्यका लागि १२ हजार १ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन्।

वडा सदस्यका लागि २८ हजार २ सय ८८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ। यी उम्मेदवारले बुझाउने भनेकाे जनही ५ सय हाे हिसाव गर्दा हुन्छ एक कराेड १४ लाख ४० हजार रूपैयाँ ।

याे रकममा महिला सदस्यका लागि १३ हजार ५ सय ५४ र दलित महिला सदस्यका लागि १२ हजार १ सय ८१ जनाले पाउने ५० प्रतिशत छुट रकम घटाउन पनि पर्ला । यसाे गर्दा ६४ लाख ३३ हजार ७ सय ५० छुट रकम हुन्छ ।

अब सालाखाला माेटामाेटी रकम यही हाे अब यसमा करसरका कुरा हाेला त्याे क्लियर हिसाव चाहिँ उनैले लगाउन् ।

 

Leave a Reply

Your email address will not be published.