काठमाडाैंकाे मेयरमा ३५ जना स्वतन्त्र उम्मेदवारीले दललाई कति असर पार्छ?

काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार ३५ जना पुगेका छन्। यी ३५ जना मध्य धेरैले फिर्ता लिने सम्भावना कम रहेको छ। २१ दलले उम्मेदवारी दिएका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको हो।

स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई सोचनिय असर गर्ने पक्कापक्की छ। अघिल्लो चुनावको ट्रेडमार्कले पनि यस्तो देखाउँछ।

अघिल्लो चुनावमा काठमाडौं महानगरपालिकामा किशोर थापा र रञ्जु दर्शनाले ठूलो मत ल्याएका थिए। जसका कारण एमालेलाई जित निकाल्न सजिलो भएको विश्लेषण गरिएको छ।

नयाँ मतदाताले स्वतन्त्र मध्यका चर्चितलाई मत दिन सक्ने आँकलन गरिएको छ। स्वतन्त्रबाट बालेन शाहको मत बलियो आउन सक्ने पनि अनुमान गरिएको छ।

‘नयाँ मत पनि थपिएको र त्यो दलका उम्मेदवारका लागि अनुकूल नहुन सक्छ’, एक जना पूर्वनिर्वाचन आयुक्त भन्छन्,‘काठमाडौंका जनताको मनोविज्ञान परिवर्तित भएका कारणले दलका उम्मेदवारले जित्लान् तर स्वतन्त्रले हानिचाहिँ गर्छ।’

स्थानीय तह निर्वाचन: एक लाख ३७ हजारको मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ ।

यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको छ । वडाध्यक्षमा ३२ हजार २१७,

महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्णरूपमा मनोनयन दर्ता भएका थिए ।

आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने,

वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published.