रेडियो पुष्पाञ्जलीको अभियानमा बेलायतबाट १ लाख सहयोग

काैरव खत्री
गुल्मी । सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले केही समय अगाडी थालेको कोरोना विपद व्यवस्थापन तथा सहयोग सकंलन अभियानमा बेलायतमा रहेका वामीवासीहरुले १ लाख सहयोग पठाएका छन् । साविकको वामी गाबिस घर भइ हाल बेलायतमा विभिन्न पेशा व्यवसायको शिलशिलामा रहेका नेपालीहरुको संस्था वामी परिवार युके मार्फत पठाईएको रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।

रेडियोले विपदको समयमा सञ्चालन गरेको अभियान सह्रानीय रहेको भन्दै उनीहरुले सकंलन गरेको रकम नेपालबाट समाजसेवी हरिनारायण सापकोटाले रेडियोलाई चेक हस्तान्तरण गर्नुभएको हो । उक्त रकम संकलनका लागि समन्वय गर्नुहुने समाजसेवी सापकोटाले वामीबासीहरुले आफ्नो मातृभुमी प्रतिको माया देखाएर गास कटाएर पठाएको रकमको सही सदुपयोग हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको थियो ।

कार्यक्रममा रेडियोका पूर्वअध्यक्ष तथा सल्लाहकार एवम् कार्यक्रमका प्रमुख अतिथि सुदर्शन शाक्यले बढ्दो कोरोना सक्रंमणको जोखिमसगैं रेडियो पुष्पाञ्जलीले सञ्चालन गरेको अभियान मार्फत अाफ्नो गाँस कटाएर सहयोग रकम पठाएकोमा वामी परिवार युकेलाई आभार व्यक्त गर्नुभयो । साथै उहाँले सकंलित रकमबाट पहिलो चरणमा नगरपालिकालाई ५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको र अब दोश्रो चरणमा अक्सिजन कन्सन्ट्रेटर मेसिन र अन्य आवश्यक स्वास्थ्य सामाग्री केही दिनमै हस्तान्तरण गरिने जानकारी गराउनुभएको थियो । कार्यक्रममा रेडियोका कोषाध्यक्ष अर्जुन सापकोटा, वरिष्ठ जग्गादाता गोविन्द सापकोटा, स्टेशन म्यानेजर प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो । रेडियो सञ्चालक समितिका सचिव सुन्दर प्रधानको अध्यक्षतामा सम्पन्न भएको सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन रेडियोका सहसचिव कौरव खत्रीले गर्नुभएको थियो ।

वामी परिवार युकेमा आबद्ध रहनुभएका उपेन्द्र सापकोटा , क्षेत्र भण्डारी, दुर्गा सापकोटा, अन्चल सापकोटा , तोयानारायण काफ्ले, अशोक जिसी, हरि प्रसाद सापकोटा, युबराज खरेल, राजु खत्री, यमलाल सापकोटा, दधिराम सापकोटा, दिपक सापकोटा सबैले ५१ पाउण्ड, कृष्ण भट्टराईले २५, चन्द्रकान्त सापकोटाले २१ गरी कुल संकलित ६सय,७ पाउण्ड स्र्टलिङ रकम वामी पठाइएको हो । बर्मिङ्हम, नटिङ्घम, स्कटल्याण्ड लगायत क्षेत्रमा रहेका वामीबासीले उक्त रकम संकलन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.