काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा अर्थात् सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ ।
अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको छ ।
यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने जनाइएको छ ।
निजी एयरलाइन्सले राति ८ बजे पछि नियमित उडान नगर्ने
वायुसेवा सञ्चालक संघले राति ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले
रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागू हुनेगरी बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा कायम गरेको थियो ।
तर, संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सले विविध प्राविधिक कारणले हाललाई राति ८ बजे पछिका
नियमिततर्फका उडानहरू गर्न सक्ने अवस्था नरहेको जनाएका हुन् । संघले वैशाख ३ गतेकै स्लट सम्बन्धी व्यवस्था हाललाई लागू गर्न प्राधिकरणलाई आग्रह गरेको छ ।