गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रको तालमेल

गुल्मी । धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए ।

घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ । माओवादी केन्द्रका उम्मेदवार पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा कांग्रेसका शिव खत्री निर्वाचित भएका थिए ।

धुर्कोटमा कांग्रेस र एकीकृत समाजवादीको तालमेल भएको छ । जस अनुसार अध्यक्षमा कांग्रेसका महेन्द्र भण्डारी र उपाधयक्षमा एकीकृत समाजवादीकी कमला सुनार उम्मेदवार छन् ।

पोखरामा एमालेले सार्वजनिक गर्‍यो घोषणापत्र

नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । उनीहरुले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक गरेका छन्,

जसमा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न मोनोरेल र मेट्रोरेल सञ्चालन तथा अध्ययन गर्ने भनिएको छ ।

महानगरमा पर्नेमध्ये पहाडी लोकमार्ग खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौं हुँदै पोखरा लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.