तपाईंको जिल्लामा कस्तो मतपत्र प्रयोग हुन्छ ? हेर्नुहोस् नमूना

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।

तपाईंको जिल्लामा प्रयोग हुने नमूना मतपत्र हेर्नु यहाँ क्लिक गर्नुहोस्–

राजपत्रमा छापियो एमसीसी सम्झौता

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ।

प्रतिनिधिसभाको फागुन १५ गते बसेको बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो।

नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसिसी दुवै पक्ष प्रतिवद्ध रहेका छन्।

सम्झौताले नेपालको सुशासन, आर्थिक स्वतन्त्रता तथा नागरिकमा गरिने लगानी सुदृढ हुने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत उपभोग वृद्धि गर्ने

र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कामय राख्ने लक्ष्य रहेको छ। नेपाल सरकार र एमसीसीबीच २०७४ भदौ २९ गते उक्त सम्झौता भएको थियो।

Leave a Reply

Your email address will not be published.