कांग्रेससँग देश बनाउने नीति नै छैनः ओली

हेटौँडा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश बनाउने नीति नै नभएको बताएका छन् ।

मे दिवसका अवसरमा आइतरबार उनले हेटौँडामा आयोजित वृहत चुनावी आमसभालाई सम्बोधन गर्दै कांग्रेसँग देश बनाउने नीति नै नभएको र एमालेलाई धारे हात लगाउने बताए । जनमतबाटै तीन तहको सरकार निर्माण गर्ने बताएका छन् ।

ओलीले भने, ‘कांग्रेससँग देश बनाउने नीति नै छैन । एमालेलाई धारे हात लगाउने मात्र हो ।’ उनले परमादेशबाट बनेको सरकारलाई जनमतबाटै पाखा लगाएर एमालेले सरकारको नेतृत्व गर्ने पनि बताए ।

उनले अहिले देश एमाले र गठबन्धनबीचको लडाईँ रहेको जसले नेपाल जोगिने कि नजोगिने समेत निर्धारण गर्ने बताए ।

‘अब देशमा कहिल्यै नाकाबन्दी हुँदैन । हामी सरकारमा भएको बेला चीनतर्फको बाटो खोलिसकेका छौं । जसका कारण अब हामी चौतर्फी घेराबन्दीबाट मुक्त भएका छौँ’, उनले भने ।

अध्यक्ष ओलीले वर्तमान सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको आरोप पनि लगाए ।

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, निगमलाई सवा ५ अर्ब घाटा

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । आईओसीले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको नेपाल आयल निगमले जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ ।

यो मूल्यअनुसार अब निगमलाई पाक्षिक अर्थात १५ दिनको घाटा रकम ५ अर्ब १९ करोड हुनेछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दबाब परेको छ ।

Leave a Reply

Your email address will not be published.