घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ ।

आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

भारतबाट फेरि बढेर आयो इन्धनको मूल्य, निगम भन्छ : आईओसीलाई तिर्न १० अर्ब अपुग

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको छ । आइतबार आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ ।

यस्तै, डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जनाएको छ ।

विगतमा डिजेल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब डिजेलको लागत बढी भएको छ । यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ ।

यस्तै, खाना पाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा,

डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ।

यता हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रुपैयाँ ६९ पैसा तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान मूल्य र बिक्री परिमाणको आधारमा निगमको १५ दिनको घाटा १ अर्ब १९ करोड हुने जनाएको छ ।

मूल्य स्थिरीकरण कोषमा रहेको रकम विगतको घाटा पूर्ति गर्दा सकिसकेको र मे महिनामा निमगलाई भारतीय आयल कर्पोरेसनलाई भुक्तानी गर्न १० अर्ब भन्दा बढी रकम अपुग हुने निगमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.