पाल्पामा महिला मतदाता बढी

तानसेन । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पाल्पामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ ।

जिल्लामा पुरुषको तुलनामा छ हजार ३३० महिला मतदाता धेरै रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । यहाँ एक लाख तीन हजार १० महिला मतदाता रहेका छन् भने ९६ हजार ६८० पुरुष मतदाता छन् ।

जिल्लाको १० पालिकामध्ये तिनाउ गाउँपालिकाबाहेक अन्य पालिकामा महिलाको मतदाता सङ्ख्या बढिरहेको पाइएको छ ।  तिनाउमा पुरुष सात हजार २४५ र महिला सात हजार १४१ छन् भने अन्य पालिकामा महिला मतदाता बढी छन् ।

तानसेन नगरपालिकामा एक हजार ७१३, रामपुर नगरपालिकामा एक हजार ५४३, बगनासकाली गाउँपालिकामा ८२९, रम्भामा ६८७, पूर्वखोलामा ६४०, माथागढीमा ३८७, रिब्दीकोटमा ३७३,

रैनादेवी छहरामा १६७, तिनाउमा १०४ र निस्दीमा ९३ महिला मतदाता बढिरहेका छन् । सबैभन्दा धेरै मतदाता तानसेन नगरपालिका र थोरै पूर्वखोला गाउँपालिका रहेको छ ।

निर्वाचन कार्यालयद्वारा प्रकाशित नामावलीमा तानसेनमा ३३ हजार ७६९ र पूर्वखोलामा १३ हजार ६९८ मतदाता छन् । सबैभन्दा कम मतदाता तिनाउ गाउँपालिका–६ स्थित

पाटन आधारभूत विद्यालय मतदान केन्द्रमा १८१ मतदाता रहेका छन् । जिल्लामा कूल ११८ मतदानस्थल र २४७ मतदान केन्द्र कायम छन् ।

दश पालिकामध्ये मतदानस्थल र केन्द्र सदरमुकाम तानसेनमा बढी छन् । यहाँ २२ मतदानस्थल र ४४ केन्द्र छन् भने सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा नौ मतदानस्थल र १७ केन्द्र रहेको छ ।

भयरहित वातावरणमा सबै मतादाता निर्वाचनमा सहभागी हुन पाउने व्यवस्थाका लागि जिल्लास्थित सुरक्षा निकायले पनि आन्तरिक रणनीतिक योजना तयारी गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.