शैक्षिक संस्थामा दुई दिन बिदा : हिउँदे, वर्षे र पर्व बिदा कटौती

काठमाडौं । सरकारले विद्यालयको हिउँदे र बर्खे बिदा कटौती गर्ने निर्णय गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै वर्षभरीमा अधिकतम ३० दिनमात्रै बिदा दिनेगरी व्यवस्था गर्न सबै स्थानीय तह तथा विद्यालयलाई निर्देशन दिएको छ।

शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले हिउँदे तथा बर्खे बिदालाई कटौती गरी क्रेडिट आवर पुर्याउन मन्त्रालयले निर्देशन दिएको हो ।

त्यस्तै शुक्रबार पनि ४ बजेसम्म अध्यापन गराउन र सोहीअनुसारको क्यालेन्डर तयार गर्न मन्त्रालयको निर्देशन छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको जानकारी दिए ।

बुधबार बसेको मन्त्रालयको बैठकले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

उनले हप्तामा दुई दिन बिदा गर्दा पाँच दिन १० देखि ४ बजेसम्म समय कायम हुने बताए । ‘‘शुक्रबार आधा दिनको साट्टा पूरा दिन हुन्छ ।’’ उनले भने ‘‘हिउँदे, वर्षे र पर्व बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिन्छ ।’’

यसअघि हिउँदे, वर्षे र पर्व बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।

उनका अनुसार हिउँदे, वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा पाँच दिन गरी ५० दिन बिदा पाउने व्यवस्था छ । यी बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाइने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *