अमेरिकाले नेपाललाई कोभिडविरुद्धको खोप दिने

काठमाडौँ । अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ ।

राष्ट्रपतिका सञ्चारविज्ञ टीका दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल सरकारको सक्रियतामा अमेरिकाले नेपाललाई खोप उपलब्ध गर्ने भएको जनाएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाले नेपालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेबारे गरेको घोषणाको स्वागत गरेका छन् ।

उनले ट्वीटमार्फत अमेरिकालाई धन्यवाद दिँदै यो विशेष परिस्थितिमा नेपालकाे अपीललाइ सुनेकाे भन्दै आभार व्यक्त गरेका हुन् ।

राष्ट्रपति भण्डारीले अमेरिकी सरकारलाई पत्र लेखेर कोरोना भ्याक्सिनका लागि गरिएको अनुरोधपछि अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल शुरु गरेको थियो । राष्ट्रपति भण्डारीले भ्याक्सिन उत्पादन गर्ने वा भण्डारण गरेर राखेका भारत, चीन, अमेरिका, बेलायत र रुस गरी पाँच देशलाई मात्रै लेखेको थियो । अमेरिकाबाट नेपाल सरकारले ५० लाख डोज खरिद गर्न प्रस्ताव गरेको र थप अनुदानका लागि पनि पहल भैरहेको दुतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.