प्रावि तह शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले १९ चैतमा १३ हजार २९७ रिक्त पदका लागि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उतीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी प्रदेशमा १६ हजार ९९६ जना मध्ये ३ हजार ४६८ जना,

कर्णाली प्रदेशमा ८ हजार २२१ जना मध्ये १ हजार १९१ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८४६ मध्ये २ हजार १३२ जना उत्तीर्ण भएका छन् ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ६ जेठसम्म २५० रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

१३ असारमा विषयगत परीक्षा

आयोगले प्रावि तह तृतीय श्रेणीको विषयगत परीक्षा १३ असारमा सञ्चालन गर्ने भएको छ । आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुस

निमावि तह शिक्षकको नतिजा सार्वजनिक, ११ असारमा विषयगत परीक्षा

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना, मधेश प्रदेशमा पाँच हजार ८५३ मध्ये १ हजार ११ जना, बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७ जना उत्तीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा १४ हजार २०६ जना मध्ये चार हजार ३४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ जना, कर्णाली प्रदेशमा चार हजार ६८८ मध्ये १ हजार ६९ जना र सुदुरपश्चिम प्रदेशमा ९ हजार ६६९ मध्ये दुई हजार ४४१ जना उत्तीर्ण भएका छन् ।

आयोगले गत १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ३ जेठसम्म कार्यलय समयभित्र आयोगले तोकेको कागजात सहित आवेदन दिन सकिने जनाएको छ ।

११ असारमा विषयगत परीक्षा

सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएकाहरुका लागि ११ असारमा परीक्षा सञ्चालन हुने भएको छ । आयोगले प्रदेशगत रुपमा परीक्षा केन्द्र रहने जिल्ला समेत तोकेको छ ।

प्रदेश १ का लागि मोरङ, मधेश प्रदेशका लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलाली जिल्लामा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.