पूर्व प्रम बाबुराम भट्टराईले गरे गोप्य मतदान उल्लंघन !

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य मतदानको उल्लंघन गरेका छन् । उनले आफुले स्वस्तिक छाप लगाएको मतपत्रसमेतको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् ।

गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने प्रष्ट देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।

निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ भने तस्वीर खिच्न समेत निषेध गरेको छ । तर, पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मतपत्रमा स्वस्तिक छाप लगाएको फोटो नै सार्वजनिक गरिदिए ।

–तस्वीर बाबुरामको फेसबुकबाट

कांग्रेस सजिलोसँग पहिलो पार्टी बन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह निर्वाचनमा कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने दाबी गरेका छन् ।

मत हाल्न मतदान केन्द्र पुगेका महामन्त्री थापाले भने, ‘लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा शंका छैन ।’

महामन्त्री थापाले यसपटक निर्वाचन मतदाता शिक्षा भने प्रभावकारी नभएको बताएका छन् । पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको उनको भनाइ छ ।

थापाले काठमाडौं महानगरपालिका-३१ को मैतीदेवीको मतदान गर्दैछन् ।

Leave a Reply

Your email address will not be published.