कति बेला शुरू हुन्छ काठमाडाैं महानगरकाे मतगणना ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको सर्वदलीय बैठक शुक्रबार राति ९ बजे बस्ने भएको छ ।

बैठकको निर्णयपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । पाँचवटा काउन्टरमा ७ स्थानमा मत गणना हुनेछ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ सवा ५ बजे सम्पन्न भएको थियो । मतपेटिकाहरू मतगणनास्थल राष्ट्रिय सभागृहमा ल्याइँदै छ ।

अपेक्षाकृत मतदान नभएको आयोगको निष्कर्ष

निर्वाचन आयोगले अपेक्षाकृत मतदान नभएको बताएको छ । धेरै मतदाता भएको महानगरहरूमा ५२ प्रतिशतमात्र मतदान हुनु सन्तोषजनक नभएको आयोगले बताएको छ । ६५ देखि ७२ प्रतिशत मतदान हुने आयोगको अपेक्षा थियो ।

चाहे अनुसारको सुरक्षा व्यवस्थापन हुन नसक्नु न्यून सहभागिताको कारण भएको हुनसक्ने आयोगको आंकलन छ । साना कुरामा धेरै बिबाद हुँदा सुरक्षा व्यवस्था र राजनीतिक दलको व्यवस्थापनमा कमी भएको आयोगको भनाइ छ ।

यद्यपि, निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । विभित्र जिल्लामा छिटपुट घटनामा १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको उनले जानकारी दिए ।

स्थगन गरिएका मतदान केन्द्रमा छिट्टै पुनः मतदान हुने बताए ।

“आयोगले अपेक्षा गरेअनुसार अलि भएन । सन्तोषजनक लागिरहेको छैन । एकै चरणमा निर्वाचन गरेका कारण सुरक्षा व्यवस्था नहुँदा यस्तो भएको हुनसक्छ,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “ सुरक्षा व्यवस्था र राजनीतिक दलको व्यवस्थापनमा कमजोरी भयो कि भन्ने लागेको छ ।”

Leave a Reply

Your email address will not be published.