गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना सुरु (ताजा अपडेट)

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयपछि केहीबेरअघि त्यहाँ मतगणना सुरु भएको हो ।

गुल्मीका अन्य अन्य स्थानीय तहमा पनि मत गणना गर्नका लागि सर्वदलीय बैठक बस्ने तयारी छ ।

निर्वाचन आयोग नेपाल जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाभरमा ६४.०१ प्रतिशत मतदान भएको अनुमान जानकारी दिएको छ । आयोगले शुक्रबार साँझ एक बिज्ञप्ती जारी गर्दै ६४.०१ प्रतिशत मतदान भएको जनाएको हो ।

जिल्लामा सबै भन्दा बढी ६९.०१ प्रतिशत रेसुंगा नगरपालिका र कम मुसिकोटमा खसेको छ । मुसिकोटमा मुल मतदाता मध्य जम्मा ६१.०५ प्रतिशतले मतदान गरेका छन् ।

 

मनाङको चामेमा एमालेलाई अग्रता

मनाङको चामे गाउँपालिकाका २ वटा वडाको मतगणना सकिएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वडा नं. १ र २ मा मतगणना सकिएको हो ।

यी दुई वडाका वडाध्यक्ष भने यसअघि नै निर्विरोध भएका थिए । अहिलेसम्मको विवरणअनुसार पालिका अध्यक्षमा एमालेका लोकेन्द्र घलेले १५२ मत ल्याएर अग्रता लिइरहेका छन् । कांग्रेसका छिरिङ दोर्जेले १३० मत पाएका छन् ।

त्यस्तै उपाध्यक्षमा एमालेकी आशाकुमारी गुरुङले १५४ मत र कांग्रेसकी मिङमार ढोमा लामाले १२९ मत लिएकी छन् ।

चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना भएको छ ।

२८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२.६० प्रतिशत मत खसेको हो ।

मुस्ताङको घरपझोङमा पनि एमालेको अग्रता

मुस्ताङको घरपोझोङमा मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती रुझान आएको छ । नेकपा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

अध्यक्षमा एमालेका सन्जयकुमार थकालीले १४९ भोट पाएका छन् भने कांग्रेसका मोहन सिंह लालचनले ४५ भोट पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकी मिमकुमारी शेरचनले ७२ भोटका साथ अग्रता बनाएकी छन् । कांग्रेसकी जमुना थापा मगरले ५७ भोट पाएकी छन् ।

 

Leave a Reply

Your email address will not be published.