एमालेले विजयकाे खाता खाेल्याे ! (मतगणना ताजा अपडेट)

काठमाडाैं । मनाङ डिस्याङ गाउँपालिकामा मतगणना जारी छ । सुरुवाती मतपरिणामअनुसार एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

एउटा वडाको मतगणना सकिँदा एमाले अध्यक्ष उम्मेदवार कान्छा घलेले १६७ भोटका साथ अग्रता बनाएका छन् । कांग्रेसका छिरिङ ओङमा गुरुङ घले ७३ले भोट पाएकी छन् ।

उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले १६२ भोटका साथ अग्रता बनाउँदा कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७९ भोट पाएका छन् । मनाङकै चामेमा पनि एमाले उम्मेदवारले अग्रता बनाएका छन् ।

वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका मिङमर गुरुङ विजयी भएका छन् । उनले १६२ मतका साथ जित्दा कांग्रेसका टसि छिरिङ गुरुङ ७९ भोट पाएर पराजित भएका छन् ।

मुस्ताङको घरपझोङमा पनि एमालेको अग्रता

मुस्ताङको घरपोझोङमा मतगणना सुरु भएको छ । मतगणनाको सुरुवाती रुझान आएको छ । नेकपा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

अध्यक्षमा एमालेका सन्जयकुमार थकालीले १४९ भोट पाएका छन् भने कांग्रेसका मोहन सिंह लालचनले ४५ भोट पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकी मिमकुमारी शेरचनले ७२ भोटका साथ अग्रता बनाएकी छन् । कांग्रेसकी जमुना थापा मगरले ५७ भोट पाएकी छन् ।

काठमाडौं महानगरको मतगणना : सर्वदलीय बैठक सुरु

काठमाडौँ महानगरपालिकाको मतगणनाबारे निर्णय गर्नका लागि सर्वदलीय बैठक सुरु भएको छ । काठमाडौँस्थित राष्ट्रिय सभागृहमा बैठक केही बेरअघि सुरू भएको हो ।

यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन,

मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published.