आजदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा खुकुलो, के-के खुल्छ?

काठमाडाैं । कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजबाट १० दिन निषेधाज्ञा थपिएको छ। ३१ जेठसम्म लम्ब्याइएको निषेधाज्ञा केही खुकुलो पारिएको छ।

कोरोनाभाइरसको संक्रमण नघटेकाले निषेधाज्ञा थपिए पनि केही खुकुलो पारिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। दुई दिन अघि बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको थियाे।

काठमाडौैं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा लागू भएको हो। एक-एक साता थपिँदै आएको निषेधाज्ञा यो महीनाभरी रहने भएको छ।

निषेधाज्ञाका लागि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश अनुसार पहिलेको भन्दा आजबाट शुरू हुने निषेधाज्ञामा केही सजिलो हुने भएको छ। गता साताको निषेधाज्ञामा कडाइ गरिएको थियो।

Leave a Reply

Your email address will not be published.