गुल्मीको सत्यवती गाउँपालिकामा एमालेको अग्रता, कांग्रेस दोब्बर मतले पछाडि (ताजा अपडेट)

तमघास । गुल्मीको सत्यवती गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।

गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ३४४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका पारिश्वर ढकालले १४४ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी निरमाया तरामुले ३३९ मत पाउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी तेजकुमारी थापाले १३७ मत पाएकी छिन् ।

बुटवलमा ४ सय भोट गन्दा एमालेको सय मत कटेन, कांग्रेसले मतान्तर बढायो

बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता कायमै राखेका छन् ।

शनिबार बिहान सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार ४०० भोट गन्दा पाण्डेले २ सय १५ मत पाएका छन् । उनलाई १ सय १३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले पछ्याइरहेका छन् ।

एमालेका बाबुराम भट्टराईले ७८ मत पाएका छन् ।

माेरङकाे कानेपाेखरी गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एमालेका उमेदवारको अग्रता

माेरङकाे कानेपाेखरी गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । बिहान शुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार अध्यक्ष पदमा एमालेका उमेदवार अगाडि छन् ।

२४०० मत गणना गर्दा अध्यक्ष र उपाध्यक्षकाे मत परिणामनुसार अध्यक्षमा एमालेको ९६७ र कांग्रेसको ६०७ मत आएको छ ।

उपाध्यक्षमा कांग्रेस ७४८ र एमालेले १०२४ प्राप्त गरेका छन् । माओवादीका अध्यक्ष उमेदवारले ६६५ र उपाध्यक्षले ५०२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ मा १३०० गणना गर्दा वडाअध्यक्षमा एमालेका उमेदवारले ६६५ र कांग्रेसले ५०२ मत प्राप्त गरेका छन् ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वडाध्यक्षसहित एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा (एमाले) का छोम्पेल विष्ट निर्वाचित भएकी छन् । उनले तेब्बर मतान्तरसहित विजय हासिल गरेकी छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार अध्यक्षमा विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् । उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.