गुल्मीकाे रेसुङ्गा नगरपालिकामा कांग्रेसकाे अग्रता, २ वडाध्यक्षमा प्यानल नै विजयी (ताजा अपडेट)

तमघास । गुल्मीकाे रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार रातिबाट शुरू भएकाे मत गणनामा कांग्रेसका उम्मेदवार खिलध्वज पन्थीले १८ सय २९ मत प्राप्त गरेका छन् ।

अहिले वडा नं. १,२,३ र ४ को मत गणना हुँदा एमालेका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले १३ सय ६५मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार अमृता कुँवरले १८ सय ३९ र एमालेबाट रिता पाण्डे बरालले १३ सय ६५ प्राप्त गरेकी छिन् ।

वडा नम्बर–२ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर–२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएका छन् । यो वडामा यो वडामा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

त्यस्तै नगरको वडा नम्बर–३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भएका छन् ।

गुल्मीदरबार गाउँपालिका

गुल्मीदरबार गाउँपालिकामा राति ४ः३० बजेबाट मतगणना सुरु भएको छ । यतिबेलासम्म वडा नं १ मा १ हजार १ सय मतको गणना हुदाँ एमालेका गाउँपालिका अध्यक्ष पदका उम्मेदवारले ५ सय ४५,

उपाध्यक्षले ५सय ३१ र वडाअध्यक्षले ४ सय ९८ र कांगे्रसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवारले ५सय ४८, उपाध्यक्षले ५ सय ६० र वडाध्यक्षले ५सय ९० मत प्राप्त गरेका छन् ।

चन्द्रकोट गाउँपालिकामा गएराति १ बजेतिरबाटवडा नं. १ को ३ सय ५० मतगणना भइरहँदा (कांग्रेस-माओवादी) गठबन्धका उम्मेदवार अघि छन् ।

गवबन्धनका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले क्रमशः २ सय ४५, १ सय ९५, २४५ र एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार, उपाध्यक्ष र वडाध्यक्षले क्रमश : ७८, १ सय ४ र ८८ मत ल्याउुनभएको छ । रुरुक्षेत्र गाउँपालिकामा मतगणना हुन सकेको छैन् ।

 सत्यवती गाउँपालिका 

सत्यवती गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । गाउँपालिका अध्यक्षमा एमालेका टीकाराम पाण्डेले ३४४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका पारिश्वर ढकालले १४४ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ । एमालेकी निरमाया तरामुले ३३९ मत पाउँदा उनलाई पछ्याइरहेकी कांग्रेसकी तेजकुमारी थापाले १३७ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published.