नेकपा एसकाे प्यानल नै विजयी, फहरायाे कलम अङ्कित झण्डा

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर १ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ । एकीकृत समाजवादीका देवीभक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन ।

जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ ।मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने ‘

निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उहाँका अनुसार हेटौँडाको चार वडाको मतगणना एकैपटक सुरु भएको छ ।

ती वडा नं १, २, १८ र १९ छन् ।मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

जिल्लाको थाहा नगरपालिका, मनहरि गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा मतगणना जारी रहेको उनले जानकारी दिए ।

निर्वाचनअन्तर्गत शुक्रबार जिल्लाको १६५ स्थानमा ३५६ मतदान केन्द्र÷उपकेन्द्रबाट मतदाताले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published.