बुटवलमा कांग्रेसको अग्रता कायमै, एमालेकाे अवस्था दयनीय, कसकाे कति मत (ताजा अपडेट)

रूपन्देही । बुटवल उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेको अग्रता कायमै छ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा ९ सय मत गणना हुँदा गठबन्धनका मेयर उम्मेदवार पाण्डेले ४२२ मत प्राप्त गरेका छन्।

पाण्डेलाई राप्रपाका मृगेन्द्रकुमार शेरचनले २१५ मतले पछ्याइरहेका छन् भने नेकपा एमालेका बाबुराम भट्टराईले १६० मत पाएका छन्। बुटवलमा अघिल्लो चुनावमा एमालेले मेयर जितेको थियो। अहिले मतगणना जारी छ।

रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए ।

सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिए । उनकाअनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

नुवाकोटको म्यागङ गाँउपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा

सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिए ।

उनका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।

देउवाको गृह पालिका गन्यापधुरा– ४ मा कांग्रेसको प्यानलै विजयी

कांग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसले अग्रता हासिल गरेको छ । सोही पालिकाको वडा नम्बर ४ मा कांग्रेसको प्यानलै विजयी भएको छ ।

कांग्रेस उमेदवारले १०२९ मध्ये ६१४ मत प्राप्त गरेका थिए भने एमालेका उमेदवारले १८४ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका उमेदवारले १४९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.