काठमाडाैं महानगरमा मतणना राेचक : ७५ मत गन्दा यस्ताे छ मतपरिणाम (अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । शुरूवात मै मतपरिणाम वडाे राेचक देखिएकाे छ ।  वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

मतगणनाको प्राप्त पछिल्लो अपडे‍ट अनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११-११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।

समग्रमा अहिलेसम्म ७५ भोटको गणना सकिएकोमा बालेनले सर्वाधिक २२ मत ल्याएका छन् । दोस्रोमा सिर्जनाले १८ र स्थापितले १३ भोट ल्याएका छन् ।

एउटा मत गन्न करिब २० मिनेट लागेकाले गणना ढिलो भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् । २०७४ मा यी दुवै वडा एमालेले जितेका थिए । सुरुवाती परिणामअनुसार एमालेका स्थापित दुवै वडामा तेस्रोमा छन् ।

कांग्रेसका मेयर उम्मेदवार झन्डै दोब्बर मतले अगाडि

बुटवल उपमहानगरपालिका ११ सय मत गन्दा कांग्रेसका मेयर उम्मेदवार झन्डै दोब्बर मतले अगाडि देखिएका छन्।

वडा नम्बर १ को ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन्।

अघिल्लो पटक मेयर जितेको एमाले अहिलेसम्म बुटवलमा तेस्रो स्थानमा छ। एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन्। मतगणना जारी छ।

रुपन्देहीको सिद्धार्थनगरमा १२०० मत गन्दा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । जसमा गठबन्धनको मेयरका उम्मेदवारको पक्षमा ५९८ मत परेको छ

भने दोस्रोमा रापप्राको हलोमा २७४ मत आएको छ । त्यसैगरी एमालेको सूर्यमा ९४ आउँदा जनता समाजवादीको छातामा १०९ मत आएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मत गणना सुरु भएको छ । २ सय मत गणना गर्दा जनमत पार्टीको मेयरमा ६० तथा उपमेयरतर्फ ५२ मत आएको छ ।

त्यस्तै एमालेका उम्मेदवारलाई १८ र उपमेयरलाई २४ मत आएको छ । त्यसैगरी काँग्रेसका मेयरलाई ८ र उपमेयर २ मत आएको छ भने

जनता समाजवादीको मेयरलाई ११ र उपमेयरलाई १२ मत परेको छ । राप्रपाका मेयर/उपमेयरलाई क्रमशः ११ र १६ मत परेको छ ।

चितवनको माडी नगरपालिका अपडेट

चितवनको माडी नगरपालिकामा एमालेले अग्रता बढाएको छ । माडी नगरपालिका वडा नं. १ को ८०० मत गणना गर्दा मेयर पदमा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेकी मेयर उम्मेदवार ताराकुमारी काजी महतोले ३६५ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार ऋषि काफ्लेले ३१२ मत ल्याएका छन् ।

उपमेयरमा सत्ता गठवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार खेम महतोले ३१८ मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवार बनेका कृष्ण पौडेलले २३० मत ल्याए भने, एमाले-राप्रपा तालमेलबाट उपमेयर उठेका राप्रपाका मदन पौडेलले ९२ मत ल्याएका छन् ।

वडाध्यक्षमा राप्रपाका अमित लामाले ३५७ र कांग्रेसका जीवन महतोले २७१ मत ल्याएका छन् । वडा नं. १ मा ३११२ मत खसेको छ । अघिल्लो चुनावमा माडी १ बाट कांग्रेसका कृष्ण पौडेल विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *