चैनपुरमा एटिएम मेसिनले काम नगर्दा सेवाग्राही मर्कामा

अर्थ जङ्ग शाही
बझाङ्ग । राष्ट्रिय वाणिज्य बैंकको एटिमले काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् । जिल्ला सदरमुकाम चैनपुरका रहेको बैंकको एटिएमले केही दिनयता काम नगर्दा सेवाग्राही समस्यामा परेका हुन् ।

कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण बैंक बन्द हुँदा बैंकिङ्ग सुविधाबाट बन्ति भइरहेका बेला बैकल्पिक माध्यम एटिएमले पनि काम नगर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

सदमुरकाममा रहेका अधिकांश बैंकका एटिमले काम नगरेको सेवाग्राहीको गुनासो छ । बैंकलाई पटक पटक जानकारी गराउँदा समेत सेवामा कुनै सुधार नभएको सेवाग्राही बताउँछन् ।

पछिलो समयमा सदरमुकाम चैनपुरमा रहेका दर्जनौ बैकका एटिएम मेसिनले काम नगर्दा दिनहु ग्रामीण भेगबाट आएका उपभोक्ताहरुले सास्ती भोग्नु पर्ने बाध्यता छ ।

अहिले यो कोरोनाको समयमा बैकहरु बन्द भएता पनि एटिएम सुबिधा पाउनु पर्ने ठाउँमा उल्टै एटिएमले धोका दिएको स्थानियबासी रुपक खड्काले बताए । २४ धण्टा सुचारु हुने एटिएम अहिले सदरमुकाम चैनपुरमा साँझ ७ बजे नै बन्द हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published.