काठमाडौँमा अग्रता बढाउँदै बालेन, फराकिलाे मतान्तर, कसकाे कति मत ( अपडेट)

काठमाडाैं । काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् ।

त्यसै गरी तेस्रोमा सिर्जना सिंहले १४७ मत ल्याएकी छन् । बालेन र स्थापितको मतान्तर १०५ रहेको छ । अहिले मतगणना जारी छ ।

उता, चितवनकाे भरतपुर महानगरको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी झिनो मतले अगाडि देखिएका छन्।

६५ मत गणना हुँदा मेयरमा सुवेदीले २६ मत पाएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी रेनु दाहालले २५ मत पाएकी छन्।

कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन्। ६ मत बदर भएको छ। मत गणना जारी छ।

यस्तै, रूपन्देहीकाे बुटवल उपमहानगरपालिकामा १ हजार १०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ४५५ मतसहित अग्रता लिएका छन्।

एमालेका बाबुराम भट्टराई १७९ र राप्रपाका मृग्रेन्द शेरचन ३२६ पाएका छन्।

उपमेयरतर्फ राप्रपाकी भगवती पाण्डेयले अग्रता लिएकी छन्। उनले २३६ मत ल्याएकी छन्। एमालेकी सावित्रा अर्यालले २१५ र गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीका चिन बहादुर गुरूङ १८२ मत पाएका छन्।

बुटवल १ मा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार नगेन्द्र बस्नेत ३७२ मतसहित अगाडि छन्। १ नम्बर वडाको गणना भइरहेको हो। अहिले वडा न १९ को पनि मतगणना सुरू भएको छ। मतगणना जारी छ ।

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा (एमाले)का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएका छन् ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन् ।

ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाको २९६ एमालेकी थममाया घर्तीले १०२ मत पाएका छन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिएका छन् । एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् । जिल्लाका अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published.