भरतपुर महानगरमा रेनु दाहालकाे अग्रता, पछि परे एमालेका विजय कसकाे कति मत ?

चितवन । भरतपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

महानगरको ३०० मत गन्दा एमाले रेनुले ११६ मत ल्याएकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् । सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् ।त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् ।

उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेनले १४० र एमालेका हिमला गुरुङले ८० मत पाएका छन् ।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुवाती अग्रता लिएका छन् । सोही पदमा सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत पाएका छन् ।

वडा नम्बर १ को अध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । उपप्रमुखमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४० र नेकपा एमालेकी कन्दकला रानाथारुले १० मत पाएकी छन् ।

मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नम्बर १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ । उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ ।

यसैगरी गोदावरी नगरपालिमा नेपाली कांग्रेस, बर्दगोरिया गाउँपालिकामा एमाले, घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी, कैलारी गाउँपालिकाको प्रमुख÷अध्यक्षमा राप्रपाका प्रत्यासी अगाडि छन् ।

टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्ति पार्टीका प्रमुख अगाडि छन् ।

टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा उक्त पार्टी केही महिनाअघि मात्रै गठन गरिएको थियो । जिल्लाको मोहन्याल गाउँपालिकाबाहेक सबै १२ पालिकामा निर्वाचनको मतगणना जारी छ ।

विराटनगर महानगरमा प्रमुख पदमा कोइरालाको अग्रता

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको आज बिहानदेखि शुरु गरिएको छ वडाको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । कांग्रेसका उम्मेदवारले महानगर प्रमुख पदमा अग्रता लिएका छन् ।

मुख्य निर्वाचन कार्यालय, मतगणना स्थल आदर्श विद्यालयबाट जारी गरिएको सूचनामा एक हजार ८२ मत मतगणना गर्दा कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले ४१९,

नेकपा (एमाले)का सागर थापाले २९६, राप्रपाका प्रल्हादप्रसाद साहले ७५ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले १११ मत प्राप्त गरेका छन्

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की शिल्पा निराला कार्कीले ३४५, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले १९८,

राप्रपाकी विन्दाकुमारी लुईटेल आचार्यले ९२, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल(लाल्टिन)ले ६१ मत प्राप्त गरेका छन् । कार्यालयले अर्को मतगणनाको सार्वजनिक सूचना साँझ ७ बजे गर्ने जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *