काठमाडौंको उपमेयरमा सुनिता डंगोलले ल्याइन दुनियाँ चकित पार्ने मत

काठमाडाैं । काठमाडौंको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रहेकी सुनिता डंगोलले ९२० मत पाएकी छन्। २२९० मत गन्दा उनले ९२० मत पाएकी हुन्।

काठमाडौं महानगरका सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले राति पौने ११ बजे दोस्रो मतपरिणाम सुनाएका हुन्।

डंगोलका प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २४६ मत पाएका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ११० मत पाएकी छन्।

यता मेयरमा बालेन शाहले अग्रता कायम राखेका छन्। उनले ७६८ मत पाएका छन्।  त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५५० र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ४२१ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०५ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले १६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका अनुसार हाल काठमाडौं महानगरपालिकाको ५ वटा वडाको मतगणना भइरहेको छ । जसमध्ये वडा नम्बर ३२ को ७००, वडा नम्बर १ को ७१०, वडा नम्बर २ को ४८०, वडा नम्बर ३ र ४ को २००–२०० मत गणना सकिएको छ ।

मतगणनामा सुस्त गति, एउटै मतपत्र गन्न २० मिनेट !

मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ ।

कुल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरैजसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ ।

कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणाम पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ ।

निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्यतालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ ।

काठमाडौं महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो ।

सर्वदलीय सहमतिमा शनिबार बिहान १० बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत राति ११ बजेसम्म झण्डै २७ सय मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ ।

शनिबार मध्याह्न १२ बजेसम्म काठमाडौंमा जम्मा १०० मत गनिएको थियो । पछिल्लो परिणामअनुसार नौ घण्टामा करिब एक हजार १८० मत गनिएको थियो ।

काठमाडौं महानगरमा कुल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । शनिबारको हिसाबले मत गणना गर्ने हो भने ६ महिनामा मात्रै गणना सकिने छ ।

Leave a Reply

Your email address will not be published.