बालेन साहले अग्रता कायमै, यस्ताे छ मध्यरातिकाे अपडेट

काठमाडाैं । काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ९८० मत ल्याउँदै अग्रता कायम नै राखेका छन् ।

निर्वाचन अधिकृतले दिएको जानकारीअनुसार ३ हजार ४९ मत गणना गर्दा साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ८०० मत ल्याएका हुन् । त्यस्तै, काँग्रेसबाट मेयर पदकी प्रत्यासी सिर्जना सिंहले ५९४ मत ल्याएकी छन् ।

पोखरामा नेकपा एकीकृत समाजवादीका आचार्य अगाडि

कास्कीकाे पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा ३ सय मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले सार्वजनिक गरेकाृ मतपरिणामअनुसार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यभन्दा नेकपा एमालेका कृष्णबहादुर थापा ८ मतले पछाडि छन् ।

आचार्यले १ सय १६ र थापाले १ सय ८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राप्रपाका शंकर खरालले १९, लौरो चिह्न पाएका स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ५ मत पाएका छन् । यो पोखरा १, २ र १२ नम्बर वडाको एक–एक सय मतगणना हुँदाको नतिजा हो ।

उपप्रमुखमा गठबन्धनकी कोपिला रानाभाटले १ सय २४ र एमालेकी मन्जुदेवी गुरुङले १ सय १९ मत पाएकी छन् । रानाभाट कांग्रेसकी उम्मेदवार हुन् ।

अहिले पोखरा १, २ र १२ को मतगणना भइरहेको छ । त्योमध्ये पौडेलले पोखरा २ मा ३ र १२ मा २ मत ल्याएका हुन् । पोखरामा १ लाख ४३ हजार २२६ मत (६८.९५ प्रतिशत) खसेको छ । यहाँ २ लाख ७ हजार ७१२ मतदाता थिए ।

गोरखाको शहिद लखनको मेयर–उपमेयरमा एमालेको अग्रता

गोरखाको शहिद लखन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेले अग्रता बनाएको छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार मनोज कुमार जोशीले ६७५ मतसहित अग्रता लिएकी हुन् ।

एमाले उम्मेदवार अंगाईलाई माओवादी केन्द्रका उम्मेदवार रमेश वाबु थापा मगरले ४३७का साथ पछ्याइराखेका छन् ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार नारायण प्रसाद लामिछानेले ३६२ प्राप्त गरेका भने जसपाका कल्पना थापा र राप्रपाका पूर्ण जङ्ग भण्डारीले १–१ मत पाएका छन् । गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार लुना थापाले ६२१ मतका साथ अग्रता लिएकी छिन् ।

यस्तै माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार इन्दिरा तिवारीले ४१५ र काँग्रेस उम्मेदवार शर्मिला श्रेष्‍ठले ४०६ प्राप्त गरेका छन् ।

जसपाका उपमेयरका उम्मेदवार मनोज श्रेष्‍ठले ६ मत प्राप्त गरेकी छिन् । गाउँपालिको वडा अध्यक्षमा एमालेका उम्मेदवारले ६४७ र काँग्रेसले ४५४ मत पाएका छन् ।

 

Leave a Reply

Your email address will not be published.