काठमाडाैंकाे ३ ठाउँमा राेकियाे मत गणना (एका बिहानैकाे ताजा अपडेट)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना केही समयका लागि रोकिएको छ । पाँच ठाउँमा मतगणना भइरहेकोमा तीन ठाउँमा मतगणना रोकिएको छ ।

आराम गर्नभन्दै मतगणना रोकिएको हो । अहिले दुई ठाउँमा मात्रै मतगणना भइरहेको छ । हालसम्मको मतगणनामा काठमाडौं महानगरमा मेयरमा स्वतन्त्रका उमेदवार बालेन शाहले अग्रता लिएका छन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन्। ३७२७ मत गणना हुँदा बालेनले १२५४ मत ल्याएका छन्।

यस्तै मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८७८ मत ल्याएका छन्। नेपाली कांग्रेसबाट मेयर उम्मेदवार सिर्जना सिंहले ७१९ मत प्राप्त गरेकी छन्। मतगणना जारी छ।

चितवन महानगरमा रेनुको अग्रता कायम, १०९ मतले अगाडि

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहालले अग्रता कायम राखेकी छन् । २,५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले ८७१ मत पाएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ३२६ मत ल्याएका छन् ।

बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेस निवार्चित

डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस निवार्चित भएको छ । कांग्रेका गाउँपालिका उमेदवार भैरवबहादुर साँवद २ हजार ३४३ मत सहित निवार्चित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत प्राप्त गरका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका भक्त बहादुर साँवदले १ हजार ४७१ मत प्राप्त गरे ।

पालिका उपाध्यक्षमा पनि कांग्रेसकै डम्मरी कुमारी विष्ट २ हजार ४०७ मतसहित निवार्चित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी देवीसरा देवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन् ।

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा कांग्रेस विजयी

नेपाली कांग्रेसले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा विजयी भएको छ। गुल्मी दरबारमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष दुवै विजयी भएका हुन्।

कांग्रेसका सरोज कुमार थापाले ६ हजार १ सय ६६ मत ल्याएका छन्।उपाध्यक्षमा तारा थापा दंगा विजयी भएकी छन्।उनले ६ हजार २ सय ७७ मत ल्याएकी छन्।

अध्यक्षमा पराजित एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ र उपाध्यक्षमा पराजित एमालेकै सुशिला पुनले ५ हजार ५ सय मत ल्याएकी छन्। यसअघि कांग्रेसले रेसुंगा नगरपालिकामा मेयर र उपमेयर जितेको थियो।

Leave a Reply

Your email address will not be published.