भरतपुरबाट एकाबिहानै आयो यस्तो विवरण, कसको कति मत (ताजा अपडेट)

चितवन । स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि जारी रहेको हो ।

जसअनुसार मेयर पदमा गठबन्धनकी उमेदवार रेनु दाहालले अग्रता बनाइरहेकी छन् । नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय ३२ मत ल्याएकी छन्।

उनले एमाले-राप्रपा गठबन्धनका विजय सुवेदीलाई १ सय १६ मतले पछि पारेकी हुन्। एमालेका उम्मेदवार सुवेदीले ८ सय १६ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ३ सय ९ मत ल्याएका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता लिएका छन्। अधिकारीले १ हजार १९ मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरूङले ६ सय ६७ मत ल्याएकी छन्।

यसैबीच, यहाँकाे मतगणनास्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । मतगणनास्थलमा पानीका बोतल, खानेकुरा लैजान निषेध गरिएको छ ।

मतगणनास्थल प्रवेश गर्न पास अनिवार्य गरिएको छ भने उनीहरूको पनि शरीरको खानतलासी भइरहेको छ । उद्योग संघको हलमा मतगणना भइरहेको छ । चार स्थानमा गणना भइरहेको छ । गणनाको गति भने सुस्त छ ।

भरतपुरमा गठबन्धनकी साझा उमेदवार नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु दाहाल, नेकपा (एमाले)का विजय सुवेदी र स्वतन्त्र उमेदवार जगन्नाथ पौडेल प्रमुखका लागि प्रतिस्प्रर्धामा छन् ।

गुल्मी दरबार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस निवार्चित

गुल्मीको गुल्मी दरबार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस निवार्चित भएको छ । कांग्रेसका गाउँपालिका उमेदवार सरोज कुमार थापा ६ हजार १६६ मतसहित निवार्चित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर भुषालले ५ हजार ६०२ मत प्राप्त गरेका छन् ।

पालिका उपाध्यक्षमा पनि कांग्रेसकै तारा थापा ढेगा ६ हजार २७७ मतसहित निवार्चित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी सुशिला पुनले ५५०० मत प्राप्त गरिन् ।

वैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। सात सय ५३ पालिकामध्ये अहिलेसम्म १७ पालिकाको मतपरिणाम प्राप्त भएका छन्।

नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेका छन्।

पोखरामा अग्रता बढाउँदे धनराज, कसको कति मत ?

पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ। स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा आइतबार बिहानसम्म १ हजार मत गणना हुँदा हुँदा मेयरका उम्मेदवार एमालेका कृष्ण थापाले ३५४ मत पाएका छन् ।

गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले भने ४०६ मत पाएर अग्रता बनाइरहेका छन् ।
यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले ३७१ तथा काँग्रेसकी कोपिला रानाभाटले ४५९ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published.