नझुक्किनुहाेला है आजदेखि सातामा दुई दिन बिदा, आइतबार पनि छुट्टी

काठमाडाैं । आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ ।

सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

चार मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती सफाइ महाभियानको शनिबार ४७० औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने नाराका साथ वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती नदी किनारमा सफाइ गरिएको हो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट ११ जनाको समूह, वाग्मती फोहर उन्मूलन उपभोक्ता समिति,

स्थानीयवासी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु एवं वाग्मती अभियानकर्मीलगायतको सहभागिता थियो ।

सो अवसरमा वाग्मती किनारका बासिन्दाको घरमा घरदैलो कार्यक्रम गरी जागरण गरिएको छ । नदीको किनारमा राखिएका बारको समेत व्यवस्थापन गरिएको छ ।

अर्को हप्ता शनिबार बिहान बढीभन्दा बढी स्थानीय बासिन्दालाई सहभागी गराउन स्थानीय युवासँग समन्वय गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

आगामी शनिबार सिनामङ्गलस्थित वाग्मती पुलदेखि ५०० मिटर दक्षिण वाग्मती किनारमा सफाइको कार्यक्रम तय गरिएको पनि उहाँले सुनाउनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाभियान रोकिएको छैन ।

महाभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ ।

अभियानकर्मीको सक्रियतामा देशव्यापीरुपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन ।

फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहर उठेको छैन ।

सांस्कृतिक सहरका रुपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।

स्थानीय सरकार फोहर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई

यस विषयमा प्रश्न गर्न आमसमुदायमा आह्वान गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् ।

स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम जारी रहँदा राजधानी काठमाडौँमा फोहर व्यवस्थापनको विषयमा बहस चलेको छ ।

यसअघि सबै दलले जारी गरेको घोषणापत्रमा फोहर व्यवस्थापनलाई मुख्य बुँदाका रुपमा उठाएका छन् । निर्वाचन जितेपछि भने यसलाई बिर्सने गरेकाले समस्या आउने गरेको अभियानकर्मी कञ्चन राउतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.