काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता, कसकाे कति मत (ताजा अपडेट)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर पदमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले पपुलर मत पाएकी छन् ।

शनिबारदेखि जारी मतगणनाको ताजा विवरणअनुसार डंगालले १७ सय ४३ मत ल्याएर अग्रता कायम गरेकी छन् । त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले जम्मा ५१६ मत मात्रै पाएका छन् ।

राप्रपाकी विनिता मगैयाले ४ सय १३ मत पाएकी छिन् । मत गणना जारी छ। हालको ताजा विवरणअनुसार महानगरका ५ वटा वडाहरु वडा नं. ३२, १, २, ३ र ४ को मतगणना भइरहेको छ ।

आज बिहानकाे पछिल्लाे विवरण अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिजंना सिंहले ८२५ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।

तनहुँमा आठ वडाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका–३, म्याग्दे –२ ,बन्दीपुर गाउँपालिका–४, घिरिङ गाउँपालिका–२,

भिमाद नगरपालिका–१ र आँबुखैरेनी–१ को अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । सार्वजनिक परिणामअनुसार नेकपा (एमाले)ले तीन, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक वडा जितेको छ ।

म्याग्दे–३ मा एमालेका अधिकारी विजयी

मतपरिणामअनुसार म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो ।

यसैगरी खुला सदस्यमा कांग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–४ मा एमालेको प्यानल विजयी

बन्दीपुर गाउँपालिका–४ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

प्रतिस्पर्धी कांग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गर्नुभयो । सदस्यमा एमालेका रवि श्रेष्ठ सात सय एक, भीम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घिरिङ–२ मा एमालेको प्यानल विजयी

घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

म्याग्दे–१ र देवघाट–१ मा एमाले विजयी

म्याग्दे –१ र देवघाट गाउँपालिका–१ मा एमालेले विजय हासिल गरेको हो । म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले छ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा कांग्रेसका मीनबहादुर थापा छ सय ३८, एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देवघाट–१ मा एमालेको प्यानल विजयी

देवघाट गाउँपालिका–१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गर्नुभयो ।

खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published.