बालेनको अग्रता लगातार बढ्दै, एक हजार बढी मतले अघि (ताजा अपडेट)

काठमाडाैं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहेका छन्। मतान्तर लगातार बढिरहेकाे छ । अहिलेसम्म करिब ६ हजार ४७३ मत गणना सम्पन्न भएको छ ।

पछिल्लो मतगणना अनुसार शाहले २२३८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १२१९ मत ल्याएर पछ्याइरहेका हुन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १०८१ मत पाएकी छन्। अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ। पाँचै वटामा बालेनले अग्रता लिइरहेका छन्।

बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् । बालेनले सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् ।

 ताराखोला गाउँपालिकाको अध्यक्षमा विक निर्वाचित

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार धनबहादुर विक निर्वाचित भएका छन् । उनले दुई हजार २८५ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार प्रकाश घर्तीले दुई हजार ९० मत पाएका छन् । घर्ती माओवादीबाटै निर्वाचित भएका पूर्वअध्यक्ष हुन् ।

उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार भीमबहादुर रोका तीन हजार ४०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार थममाया घर्तीले एक हजार ५६१ मत पाएकी छन् ।

पालिकामा कुल पाँच ५०१ मत खसेको थियो । यहाँ कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।

बौँदीकाली गाउँपालिकाको अध्यक्षमा एमालेका ओझा विजयी

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौँदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ । छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार वडामा एमालेकै समूह विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत प्राप्त गरे ।

उपाध्ययक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकान्ती घिमिरेले तीन हजार ५०६ मत प्राप्त गरिन् ।

वडा नं १ को वडाध्यक्षमा एमालेका अनिल थापा मगर ६०२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका टोलनाथ कँडेलले ४६३ मत प्राप्त गरे ।

वडा नं २ मा एमालेकै श्यामसुन्दर श्रेष्ठले एक हजार १३५ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गरे ।

वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका तेजबहादुर थापा ६२० मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका कुलबहादुर ठाडामगरले ५१९ मत प्राप्त गरे।

वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनबहादुर सारु ८६८ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका मोहन थापामगरले ३८६ मत प्राप्त गरे ।

वडा नं ५ भने एमालेका भीमबहादुर थापा खरुमगर ४६२ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गरे ।

त्यस्तै, वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका खुमकुमार सारु मगर ७२१ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published.