कांग्रेसलाई पराजित गर्दै बौँदीकालीमा एमालेले फहरायाे विजयकाे झण्डा !

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौँदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ । छ वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार वडामा एमालेकै समूह विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित एमालेका प्रकाश ओझा तीन हजार ९७६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर रानाले तीन हजार ५४१ मत प्राप्त गर्नुभयो ।

उपाध्ययक्षमा पनि एमालेकै उम्मेदवार डिलकुमारी केसी सारुले तीन हजार ९६२ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका धनकान्ती घिमिरेले तीन हजार ५०६ मत प्राप्त गर्नुभयो ।

वडा नं १ को वडाध्यक्षमा एमालेका अनिल थापा मगर ६०२ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका टोलनाथ कँडेलले ४६३ मत प्राप्त गर्नुभयो ।

वडा नं २ मा एमालेकै श्यामसुन्दर श्रेष्ठले एक हजार १३५ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गर्नुभयो ।

वडा नं ३ को अध्यक्षमा नेकपा एमालेका तेजबहादुर थापा ६२० मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका कुलबहादुर ठाडामगरले ५१९ मत प्राप्त गर्नुभयो ।

वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनबहादुर सारु ८६८ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका मोहन थापामगरले ३८६ मत प्राप्त गर्नुभयो ।

वडा नं ५ भने एमालेका भीमबहादुर थापा खरुमगर ४६२ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी कांग्रेसका ओमबहादुर अस्लामी मगरले ३७४ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका खुमकुमार सारु मगर ७२१ मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गर्नुभयो ।

बझाङको साइपाल अध्यक्षमा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित हुनुभएको हो । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गर्नुभएको हो ।

यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी हुनुभएको छ । वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी हुनुभएको छ भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी हुनुभएको छ ।

त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी हुनुभएको छ भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी हुनुभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.