कामपामा बालेनकै कटाए ८ हजार मत, स्थापितकाे कति ? अपडेट

काठमाडाैं । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारले नै अग्रता कायमै राखेका छन् ।

केही समय अघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ८ हजार ३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको हो ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४ हजार २५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले तीन हजार ७०३ मत प्राप्त गरेकाे काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

हाल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा ६ स्थानबाट कामपाको मत गणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ ।

वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् ।

त्यसैगरी वडा २ मा एमालेको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजय भएका छन् । हाल कामपामा १८ हजार ८०८ मतणाना भइसकेको छ ।

७ः२० को अपडेट : भरतपुरमा विजय सुवेदी १६ मतले पछाडि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १६ मतले पछि परेका छन् । १५ हजार ३०८ मत गणना गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार एक सय ३८ मतसहित अग्रता लिएकी हुन् ।

मेयरमा एमालेका विजय सुवेदीले ५ हजार १२२ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४१६ मत पाएका छन् ।

३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका-६, सप्तरीको रुपनी गाउँपालिका- ५, रामेछापको खाँडादेवी गाउँपालिका १, सुर्खेतको सिम्ता गाउँपालिका-३,

बझाङको केदारस्यूँ गाउँपालिका ४, बझाङको सुर्मा गाउँपालिका- २ र बझाङकै सुर्मा गाउँपालिका-३ मा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार भने चार मतदान केन्द्रमा मतदान हुँदैछ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३, कञ्चनपुरको पुनर्वास नगरपालिका-१०,

बाजुराको बुढीनन्दा नगरपालिका- ८ र अछामको पञ्चदेवल विनायक नगरपालिका-५ मा मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

यसैगरी जेठ ४ गते तनहुँको व्यास नगरपालिका- ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ भने पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.