काठमाडाैं महानगरमा बालेनले बढाए मतान्तर दिउँसाे सवा ३ बजेकाे अपडेट

काठमाडाैं । काठमाडौँ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहको मत साढे ११ हजार पुगेको छ। ३० हजार ८४ मतपत्रको गणना गर्दा उनको मत संख्या साढे ११ हजार पुगेको हो।

मंगलबार दिउँसो ३ बजेसम्म शाहले ११ हजार ४७० मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार ३९० र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार ४९२ मत ल्याएका छन्।

काडमाडौँमा ३ लाख २४२ कुल मतदातामध्ये १ लाख ९१ हजार १८६ मत खसेको थियो। काठमाडौँमा अहिले ३, ४, ५, ६, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ। वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ।

काठमाडौँ–१ मा एमालेका भारतलाल श्रेष्ठ र २ मा एमालेकै राजेन्द्रकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भइसकेका छन्।

हुप्सेकोटको अध्यक्ष उपाध्यक्षमा कांग्रेस निर्वाचित

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

छ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माकाअनुसार अध्यक्षमा कांग्रेसका उम्मेदवार लक्ष्मीदेवी पाण्डे निर्वाचित हुनुभएको हो ।

उहाँ यसअघि पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाण्डेले छ हजार ४५५ प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का चेतबहादुर रानाले पाँच हजार ७४१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा कांग्रेसकै पूर्णसिंह राना निर्वाचित हुनुभएको छ । रानाले छ हजार ७०५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी एमालेकी मनी पाण्डेले पाँच हजार ७३८ मत प्राप्त गर्नुभयो ।

राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

बाँकेको राप्तीसोनारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार तप्तबहादुर पौडेलले

१० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो ।

पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा मओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ र नेकपा एमालेका रामदास थारुले ९ हजार १४० मत पाउनुभएको थियो ।

थारुकी निकटतम प्रतिस्पर्धी एमालेकी चमेली बागवलले ९ हजार ३४१ मत पाउदा माओवादी केन्द्रकी मञ्जु रोकायाले ८ हजार ७९३ मत पाउनुभएको थियो ।

सो पालिकामा नेकपा एमालेले पाँच, राप्रपा एक, र माओवादी केन्द्रले तीन वडामा जीत हासिल गरेको छ । पालिकमा ३२ हजार ९६७ खसेको मतमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको निर्वाचन अधिकृत केसीले जानकारी दिनुभयो ।

जानकी र बैजानाथमा मतगणाना रोकियो

बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएको थियो ।

सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिनुभयो ।

त्यस्तै वैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *