गुल्मीमा घटना दर्ताका पूराना ढड्डा प्रविधिमैत्री बनाउने स्थानीय तहमध्ये छत्रकोट पहिलो

गणेश सिंजाली मगर
गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीले व्यक्तिगत घटना दर्ताका २०४७ देखि दर्ता हुन आएका २८ हजार घटनालाई दर्ता किताब डिजिटलाईजेसन अर्थात प्रविधिमैत्रि (अनलाईन) बनाएको छ । छत्रकोट गाउँपालिका अन्तर्गतका ६ वटै वडामा हालसम्म दर्ता भएका जन्म, मृत्यू, विवाह, सम्बन्धविच्छेद र बसाईसराईलाई अनलाईन मैत्री बनाएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको निर्देशनमा पछिल्लो समयमा ७५३ बटै स्थानीय तहमा पूराना दर्ता किताबलाई डिजिटलाईज गर्ने कार्य भईरहेको छ ।

गुल्मीमा गुल्मीका १२ स्थानीय तहमध्ये छत्रकोट गाउँपवलिका पूराना ढड्डा डिजिटलाईज गर्ने पहिलो स्थानीयतह भएको छ । डिजिटलाईजेशन कार्यले पूराना तथा जीर्ण भएका दर्ता किताबहरुबाट दोहोरो दर्ता, च्यातिने, चोरिहुने, आगलागि जस्ता कार्यबाट सुरक्षित र कार्यमा सरलता हुने छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ऐन २०७६ मा पञ्जीकरण भन्नाले नागरिको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा व्यक्तिगत घटना दर्ता गर्ने कार्यलाई परिभाषित गरेको थियो । यस गाउँपालिकाले घटना दर्ता गर्न छुटेकाहरुको लागि दर्ता शिविर कोभिड १९ को कारणले संचालन हुन नसकेको र अब कोभिड १९ को सहज अवस्था भएपछि तत्काल टोल टोलमा गएर दर्ता शिविर को कार्यक्रम सुचारु गरिने नि. प्रमुख प्रशासकीय अधिकृत पुण्य प्रसाद पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *